बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ४७ सदस्यीय ‘नेपाल सुशासन पार्टी’ निर्वाचन आयोगमा दर्ता


  • शुक्रबार, पुष २३ २०७८
6.8K
SHARES

फाइल तस्विर

पूर्वडिआइजी रमेश खरेलको नेतृत्वमा ४७ सदस्यीय नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

बुधबार उक्त पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाण-पत्र पनि लिएको छ। सुशासन पार्टीको अध्यक्षमा खरेल, पाँच उपाध्यक्षमा राजकुमार यादव, चन्द्रवीर नेम्वाङ, गोविन्दप्रसाद रिजाल, शंकरलाल श्रेष्ठ र टुलराज बस्याल रहेका छन्।

महासचिवमा गोविन्द गिरी रहेका छन्। बहुपदयी संरचनाको सुशासन पार्टीमा पाँच सचिव छन्।

सचिवहरूमा यज्ञप्रसाद बस्याल, राजन चौलागाईं, विनयकुमार झा, अरुण शर्मा र पुष्पा खरेल भट्ट छन्। कोषाध्यक्षमा भक्तबहादुर केसी र सहकोषाध्यक्षमा मिनकुमार श्रेष्ठ रहेका छन्।

अध्यक्ष खरेलले बिहीबार विज्ञप्ति जारी गरी सुशासन पार्टीले हिमाल, पहाड, तराई, मधेसको सन्तुलित सद्भाव र विभेदरहित समाज निर्माण, समन्यायिक सेवामा जोड दिने बताए।

‘राजनीति सेवा हो पेशा होइन भन्ने कुरा सुशासन पार्टी दृढ रहने छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘छिट्टै घोषणा सभामार्फत् आफ्ना सिद्धान्त, विचार र उद्देश्यहरू जनतामाझ राख्ने तयारी छ।’

खरेलले गत मंसिर २४ गते नेपाल सुशासन पार्टी गठन गरेको जनाएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा