शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी !


  • शुक्रबार, पुष २३ २०७८
11.6K
SHARES

फाइल तस्विर

बागमती प्रदेशमा दूधको मूल्य बढाउने तयारी गरिएको छ । प्रदेश दुग्ध विकास बोर्डले किसानले पाउने गरी दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिस गरेको छ ।

बुधबार बसेको बोर्ड बैठकले मूल्य बढाउन सिफारिस गरेको बोर्डका निमित्त निर्देशक डा. रामप्रकाश प्रधानले बताए ।

खाद्यान्न र दानाको मूल्य बढेको र दूध उत्पादनमा लाग्ने लागतको तुलनामा किसानको खर्च नउठेपछि मूल्य बढाउन सिफारिस गरिएको प्रधानको दाबी छ । हाल प्रदेशमा प्रतिलिटर ४५ रुपैयाँमा गाई र ५५ रुपैयाँमा भैंसीको दूध किसानले बिक्री गरिरहेको उनले बताए ।

‘दूध उत्पादनमा चाहिले सबै कच्चा पदार्थको मूल्य बढ्यो तर किसानले पाउने मूल्य बढेन,’ निमित्त निर्देशक प्रधानले भने, ‘कृषि पेशाबाट किसान पलायन रोक्न पनि मूल्य बढाउन जरुरी छ ।’

प्रदेशमा तीन वर्ष देखि दूधको मूल्य नबढेको पनि उनले बताए । किसानका लागि बढाउने मूल्यले उपभोक्तामा थप असर नपर्ने गरी निर्णय गर्न संघिय मन्त्रालयलाई आग्रह गरिएको पनि उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा