अर्थमन्त्री जनार्दन शर्माले दूर–दराजका क्षेत्रमा नयाँ शहर निर्माणको अवधारणामा जानुपर्ने बताएका छन् । विहीबार लगानी बोर्डको बैठकमा बोल्दै अर्थमन्त्री शर्माले काठमाडौंबाट बाहिर निस्किएर दूर–दराजका क्षेत्रमा नयाँ शहर निर्माणको अवधारणामा जानुपर्ने बताएका हुन् ।
अर्थमन्त्री शर्माले विकास काठमाडौं केन्द्रित मात्रै भएकाले अर्को शहरको आवश्यकता रहेको बताउँदै भनेका छन्, ‘काठमाडौं शहरको नयाँ भर्सन चाहियो । दूर–दराजका ठाउँमा नयाँ काम ग¥यो भने त्यहाँ शहर बन्दो रहेछ । नेपालका यस्ता तीन वटा ठाउँ खोजेर अगाडि बढायौं भने विकासको अर्को नयाँ ढोका खुल्नेछ ।’
त्यस्तै उनले विकासमा सन्तुलन पनि आवश्यक रहेकाले ठूला आयोजना तथा उद्योगमा लगानी बोर्डले क्षेत्रगत विशिष्टीकरण गर्नुपर्नेमा जोड दिदै पर्यटन, शिक्षा, पूर्वाधार विकासलगायतका क्षेत्रमा सन्तुलन कायम गरेर ठूला आयोजना निर्माण गर्नुपर्ने बताए ।
‘सगरमाथा योजना’ र ‘रारा योजना’लगायतका योजनाअघि सार्न लगानी बोर्डलाई आग्रह गर्दै अर्थमन्त्री शर्माले जलविद्युत क्षेत्रमा बूढीगण्डकी, अपर–अरुण र कर्णाली चिसापानी गरी तीन वटा ठूला जलविद्युत आयोजनाहरू विशेष प्राथमिकतामा राख्न पनि निर्देशन दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।