भारतबाट नेपालतर्फ आउँदा मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवकलाई सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव छन् ।
यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको सशस्त्र प्रहरी निरीक्षक सजय बरालले जानकारी दिए ।
बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको टयांकीमा बिर्काेको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा रकम भेटेको हो ।
पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ । उनलाई अन्य अनुसन्धानका निम्ति नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।