बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

बतासमा मेरो संलग्नता छैन : आरजु राणा


  • बिहिबार, पुष २२ २०७८
11.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले विवादित बतास समूहमा आफ्नो आवद्धता नरहेको बताएकी छन् । उनले बिहीबार विज्ञप्ति जारी गरी आफू आवद्ध संस्थाको नाम सार्वजनिक गर्दै बतासमा आफ्नो संलग्नता नरहेको बताएकी हुन् ।

नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न लागेको र पशुपति धर्मशालामा होटल र व्यापारिक प्रतिष्ठान सञ्चालन गरेको बतास समूहको सल्लाहकारमा प्रधानमन्त्री पत्नी देउवा रहेको सार्वजनिक भएपछि उनले विज्ञप्ति जारी गर्दै त्यसको खण्डन गरेकी हुन् ।

आरजुले आफू ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) को संस्थापक अध्यक्ष तथा सल्लाहकार, साथी नेपालको संस्थापक, पूर्वअध्यक्ष र सल्लाहकार, सुरक्षित मातृत्व सञ्जाल महासंघको संस्थापक तथा अध्यक्ष, नामीको अध्यक्ष रहेको उल्लेख गरेकी छन् ।

त्यस्तै यूलेन्स स्कुलको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र रक्तदाता संघको संरक्षकबाहेक कुनै पनि संस्थाहरुमा सल्लाहकार वा अन्य कुनै पदमा संलग्नता नरहेको आरजुले दावी गरेकी छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा