बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

धेरैजसाे सपना पूरा भयाे, काठमाडौंलाई नै बनाउने हो, अर्को काठमाडौं ल्याउन सकिँदैन : मेयर शाक्य


  • बिहिबार, पुष २२ २०७८
7.7K
SHARES

फाइल तस्विर

काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले चुनावअघि देखेको सपनामध्ये धेरै काम पूरा भएकाे दावी गर्नुभएको छ ।

उहाँले काठमाडौंलाई नै बनाउने हो, अर्को काठमाडौं बनाउन नसकिने बताउँदै आफ्नो नेतृत्वमा धेरै कामहरु भएको जिकिर गर्नुभएको छ ।

‘काठमाडौंलाई नै व्यवस्गथापन गर्ने हो । नयाँ काठमाडौं बनाउन सकिँदैन,’ उहाँले भन्नुभएको छ, ‘हामीले जुन सपना देखेर काठमाडौं महानगरपालिका जित्यौँ भने भनेर बाँड्यौँ । त्यसमध्ये धेरै हामीले धेरै काम पनि गरिसक्यौँ।’

आफूले राम्रो काम गर्यौँ भनेर पटक पटक भनिसकेको भन्दै अब जनतालाई मूल्याङ्कन गर्न पनि उहाँले आग्रह गर्नुभएको छ । उहाँले आफ्नो काममा मार्क दिन पनि आग्रह गर्नुभएको छ ।

अब आफू परीक्षार्थी भएको बताउँदै आफ्नो रिजल्टमाथि मूल्याङक्न गर्न उहाँको अनुरोध छ । महानगरपालिकाको बिकास र समृद्धिका लागि आफूले दिनरात नभनी साढे ४ वर्ष मेहनत गरेको पनि उहाँको दावी छ ।

‘तपाईँले आफैँ मूल्याङ्कन गर्नुस् । अब मैले मेरो खुखबाट भन्दा पनि, मत परीक्षार्थी भएँ । मैले साढे ४ वर्ष दिन रात नभनी मेहनत गरेर एउटा रिजल्ट दिएको छु,’ उहाँले भन्नुभएको छ, ‘अब मैले दिएको रिजल्टमा तपाईहरु कतिको सन्तुष्टि हो । त्यो चाही तपाईहरुको कुरा हो।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा