बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

राष्ट्रिय सभामा सत्ता गठबन्धनलाई जिताउन उच्चस्तरीय संयन्त्रको अपिल


  • बिहिबार, पुष २२ २०७८
4.3K
SHARES

रामचन्द्र पौडेल । तस्विरः फाइल

सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ ।

बैठकले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन मतदातालाई अपिलसमेत गरेको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते हुँदै छ । त्यसका लागि सात वटै प्रदेशमा सत्ता गठबन्धनले समन्वय समिति गठन गरेको छ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना समेत दिएको छ । यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने संयन्त्रले विश्वास व्यक्त गरेको पनि कार्कीले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा