आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

शेखर कोइरालालाई वेवास्ता गरेर पार्टी चल्दैन : महामन्त्री थापा


  • बिहिबार, पुष २२ २०७८
7.7K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शेखर कोइरालालाई वेवास्ता गरेर पार्टी नचल्ने बताएका छन् । आज शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले महाधिवेशनमा ४० प्रतिशत मत पाएका कोइरालालाई वेवास्ता गरेर पार्टी नचल्ने बताएका हुन् ।

महामन्त्री थापाले भनेका छन्, ‘महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्नु दम्भ हो ।’ त्यस्तै उनले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अन्य राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने पनि बताएका छन् ।

सरकारमा गठबन्धन कायमै रहेपनि राष्ट्रियसभा निर्वाचनपछि चुनाबी गठबन्धन सकिने उनको दाबी छ । उनले भनेका छन्, ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन ।’

पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताउदै उनले भनेका छन्, ‘सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोल्नुभएको थियो । त्यो पालना भएन ।’

पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने थापाको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा