बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

तौल कम गर्न नास्तामा के खाने ?


  • बिहिबार, पुष २२ २०७८
10.5K
SHARES

फाइल तस्विर

बिहानको खानालाई सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । रातिको खाना र बिहानको नास्ता पेटमा लामो समयसम्म रहन्छ । त्यसैले बिहानको खानामा शरीरलाई उर्जा दिने र स्वस्थ राख्ने खानेकुरा खान आवश्यक छ ।

बिहान पोषक तत्वले भरपुर खानेकुरा खाने गर्दा खाना नखाँदासम्म पेट भरी रहन्छ । जसले अनावश्यक खानेकुरा खानबाट बच्न सकिन्छ । नास्तामा स्वस्थकर र उर्जा दिने खानेकुरा खाँदा तौल पनि नियन्त्रणमा रहन्छ । तौल कम गर्न चाहाने व्यक्तिहरुले तौल नियन्त्रण गर्ने खानेकुरा खान आवश्यक छ ।

मुंग दाल
मुंग दाल फाइबरको मुख्य स्रोत हो । यसमा फाइबरको साथसाथै प्रोटिन पनि हुन्छ । यो सबैभन्दा राम्रो नास्ता हो । यसले तौल पनि तीव्र गतिमा घटाउँछ ।

दही
बिहान नास्तामा दही मिसाउँदा शरीरलाई निकै फाइदा पुग्छ । दहीले पेटको बोसो घटाउँछ । यसमा क्याल्शियमको मात्रा पनि प्रशस्त पाइन्छ ।

उपमा
उपमामा भरपुर मात्रामा फाइबर हुन्छ । यो पेटमा लामो समयसम्म रहन्छ । यसले राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा