शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

कलंकीमा मोटरसाइकल दुर्घटना, धादिङकी युवतीको मृत्यु


  • बिहिबार, पुष २२ २०७८
9.3K
SHARES

फाईल तस्बिर

काठमाडौंको कलंकीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार युवतीको मृत्यु भएको छ । चालक भने घाइते भएका छन् ।

स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल आज बिहान पौने २ बजे अनियन्त्रित भइ सडक डिभाइडरमा ठोक्किएको थियो ।

सो दुर्घटनामा धादिङ घर भई काठमाडौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो । उनको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको सोही अस्पतालमा उपचार भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा