शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेको आग्रहमा संसद् बैठक स्थगित


  • बुधबार, पुष २१ २०७८
10.5K
SHARES

फाईल तस्बिर

पुस २२ गते बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ । पुस १८ गतेका लागि बोलाइएको बैठक माओवादी केन्द्रले महाधिवेशनका कारण स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि डाकिएको थियो ।

पुन: एमालेको केही जिल्लामा अधिवेशन गर्न बाँकी रहेकाले केही समयका लागि बैठक स्थगित गर्न संसद् सचिवालयलाई आग्रह गरेको थियो। सोही वमोजिम बैठक स्थगित भएको जनाइएको छ।

यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा