शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु, यी विषयमा छलफल हुने


  • बुधबार, पुष २१ २०७८
8.4K
SHARES

फाईल तस्बिर

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । बुधबार दिउँसो साढे १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा भारतको गुजरातमा हुने दशौं संस्करणको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन र खर्च निकासाबारे छलफल हुनेछ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल पुस २५ गते नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली हुँदै गुजरात जानुहुनेछ ।

दिल्लीसम्म निगमको व्यावसायिक उडान भए पनि त्यहाँबाट गुजरातसम्म भने सरकारले वायु सेवा निगमको विमान चार्टड गर्नुपर्ने हुन्छ । यस विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने सिंहदरवार स्रोतले जानकारी दियो ।

यस्तै, जापान सरकारबाट प्राप्त हुने आर्थिक वृद्धि तथा उत्थानशीलताका १० अर्ब ३९ करोड रुपैयाँको सहयता स्वीकार गर्ने प्रस्तावमा छलफल हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा