शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादीको महाधिवेशनले जनवादलाई ‘म हो वाद’ मा झार्‍यो : रावल


  • बुधबार, पुष २१ २०७८
12K
SHARES

फाइल तस्विर

नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रको महाधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको टिप्पणी गरेका छन्।

नेता रावलले महाधिवेशनमा प्रतिनिधिहरुको चुन्न र चुनिन पाउने अधिकार माओवादी केन्द्रले कुण्ठित गरेको र यो जनवाद कदापि हुन नसक्ने उल्लेख गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरुले चुन्न र चुनिन नपाउने कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा भएको उनको जिकिर छ।

पूर्वमन्त्री समेत रहेका रावलले बुधबार सामाजिक सञ्चाल ट्वीटमा लेखेका छन्,’ माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो।महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन। यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरितन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा