केही दिन अघि गुल्मी जिल्लाको भ्रमणका क्रममा सहरी विकास मन्त्री तथा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमार झाँक्री इलाका प्रहरी कार्यालय पुर्कोट दहमा पुगेर पिर्के सलामी ग्रहण गर्न पुगिन । यसको चौतर्फी आलोचना भयो । आलोचना भए लगत्तै मन्त्री झाँक्रीले मन्त्रीको हैसियतमा सलामी ग्रहण गर्दा यसलाई अन्यथा लिन नहुने बताइ सकेकी छन् । तर उनको विरोध विभिन्न सामाजिक सञ्जालमा भइरहेको देख्न पाइन्छ ।
खरो कुरा गरेर जनतामा आफ्नो छाप छोड्न सफल मन्त्री झाँक्रीको पिर्के सलामीले सामाजिक सञ्जाल समेत तातेको छ । आशा र भरोसा गरेका मन्त्री हरुनै पिर्के सलामीमा रमाउन थालेपछि जनतामा नैरास्यता पलाएको राजनितिका जनकारहरू बताउने गर्छन् । पहिले पदमा नपुग्दा सलामीकै विषयमा उग्र विरोध गर्ने मन्त्री झार्की अहिले आफै पिर्के सलामी खादै हिँड्नु अचम्मको कुरो भएको विश्लेषकहरू बताउँछन् ।
उनले ग्रहण गरेको सलामीको तस्बिर सामाजिक सञ्जालमा यतिबेला भाइरल भएको छ ।
मन्त्रीको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुनुको मुख्य कारण हो– उनले दुई वर्षअघि स्थानीय तहका प्रतिनिधिले लिँदै गरेको सलामीको चर्को आलोचना सामाजिक सञ्जालमार्फत नै गरेकी थिइन् । “यो पिर्का त पहिलो, दोस्रो र तेस्रोलाई सम्मानस्वरुप पदक दिन उभ्याउने हो क्यारे,” ५ जुलाई २०१९ मा झाँक्रीले गरेको ट्विट हो यो ।

अहिले झाँक्रीले त्यसबेला गरेको टिप्पणीलाई सामाजिक सञ्जालमा भाइरल गराइएको छ । झाँक्रीका आलोचकहरुले ‘समाजवादमा पुग्ने गणतान्त्रिक शैली’ भन्दै आलोचना गरेका छन् ।
तर मन्त्री झाँक्रीले मन्त्रीको हैसियतमा सलामी ग्रहण गर्दा यसलाई अन्यथा लिन नहुने बताइसकेकि छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।