शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

दलहरूले सामाजिक एकता कायम गर्नुपर्छ : महामन्त्री शर्मा


  • बुधबार, पुष २१ २०७८
10K
SHARES

फाइल तस्विर

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरुले सामाजिक एकता कायम गर्नुपर्ने बताएका छन्।

देशको शासन सञ्चालन गरिरहेका प्रमुख राजनीतिक दलहरुले राजनीतिप्रति जनताको आकर्षण बढाउन थप जिम्मेवार बन्नुपर्ने उनले बताए।

झापाको कनकाईमा प्रजातान्त्रिक आन्दोलनका अगुवा तुर्सा हेमरमको २४औँ स्मृति दिवसका अवसरमा आयोजित स्मृतिसभामा महामन्त्री शर्माले मुलुकको समृद्धिका लागि शासन व्यवस्था स्थिर हुनुपर्ने उल्लेख गर्दै विचार अलग भए पनि उद्देश्य एउटै बनाएर साझा सहमतिमा अघि बढ्न सकेमा कसैले निराश बन्नु नपर्ने धारणा राखेका थिए।

सबैकोे भावना एक बनाएर देशलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्नेतर्फ जोड दिँदै उनले पिछडिएका समुदायलाई माथि उठाउने काममा सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए।

कनकाई नगरपालिका–१ स्थित नगरपालिकाको कार्यालय नजिकै निर्माणाधीन तुर्सा हेमरम स्मृति प्रतिष्ठान परिसरमा आयोजना गरिएको विविध सांस्कृतिक प्रस्तुति सहितको स्मृतिसभामा हेमरमको राजनीतिक योगदान र जीवनीका बारेमा चर्चा गरिएको थियो।

सो अवसरमा सन्थाल युवाबीच छेलो, दौड, लङजम्प र धनुषकाँड प्रतियोगिता गराइएको थियो।

हेमरमले कांग्रेसका संस्थापक नेता बिपी कोइराला र कांग्रेस नेता समाजवादी चिन्तक सिके प्रसाईँको अत्यन्तै निकट रहेर राजनीति गरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा