शनिबार, साउन ३० २०८३
ताजा अपडेट

प्रदेश २ मा दुई सिटका लागि ६ जनाको उमेदवारी


  • मंगलबार, पुष २० २०७८
8K
SHARES

फाइल तस्विर

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश २ मा ६ जनाले उमेदवारी दिएका छन् । दुई सिटका लागि हुने निर्वाचनका लागि मंगलबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा ६ जनाले उमेदवारी दर्ता गराएका हुन् ।

पाँच दलीय गठबन्धनबाट सिरहाका खालिद सिद्धिकी र पर्साकी उर्मिला अर्यालले उमेदवारी दर्ता गराएका छन् । खालिद जनता समाजवादी पार्टी (जसपा) नेपालका हुन् भने अर्याल माओवादी केन्द्रकी हुन् ।

सत्तारूढ दलहरूले गठबन्धन बनाए पनि प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उमेदवारी दिएका छन् । लोसापाबाट सप्तरीका श्याम सुन्दर सरदार र महोत्तरीकी रूपमा यादवले उमेदवारी दिएकी छन् ।

सरदार प्रदेश सरकारले गठन गरेको  दलित विकास समितिको सदस्यसमेत हुन् । यसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिएका छन् ।

एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरेपनि अन्तिम समयमा उनको ठाउँमा उसमानलाई उमेदवार बनाएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा