शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत


  • मंगलबार, पुष २० २०७८
11K
SHARES

फाइल तस्विर

राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार यो पहिलो चरणको मनोनयन हो ।

राप्रपाले मनोनयन गरेको सदस्यमा दीपक बोहरा (रुपन्देही), हरिबहादुर बस्नेत (उदयपुर), नवराज सुवेदी (रामेछाप), बालाराम घर्ती मगर (रोल्पा), टंक ढकाल (भोजपुर), प्रेमबहादुर भण्डारी (बाँके), निरञ्जन थापा (रुपन्देही), भीमप्रसाद गौचन (म्याग्दी), हेमजंग गुरुङ (लमजुङ), ठाकुरप्रसाद शर्मा (धादिङ), रामकुमार सुब्बा (सुनसरी), मुकुन्दश्याम गिरी (सुर्खेत) छन् ।

यसैगरी दिनेश श्रेष्ठ (भक्तपुर), प्रा.डा.गीताभक्त जोशी (काठमाडौं), भक्तिप्रसाद सिटौला (झापा), मोहनकुमार श्रेष्ठ (गोरखा), झनक प्याकुरेल (नुवाकोट), श्यामबहादुर शाही (अछाम), एजी शेर्पा (सोलुखुम्बु), पुष्पराज पुरुष (ललितपुर), रमानन्द न्यौपाने (जुम्ला), सरोजा शर्मा (नवलपरासी), रामप्रताप साह (भोला) (सिराहा), रविन चाम्लिङ (खोटाङ), उदयराज पोखरेल (स्याङ्जा), सरस्वती केसी अधिकारी (काठमाडौं), दिनेश कार्की (रामेछाप), वीरेन्द्र बम (कैलाली), केशवचन्द्र समाल (रुकुम पूर्व), अम्बरबहादुर विष्ट (झापा) र नवीन शाही (काठमाडौं) केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा