बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

ओमिक्रोनपछि कोरोनाको अर्को एउटा भेरियन्ट भेटियो, ४६ पटक फेरिसकेको छ रुप


  • मंगलबार, पुष २० २०७८
12.4K
SHARES

फाइल तस्विर

कोरोना संकटबीच अर्को एउटा चिन्ता बढाउने खबर आएको छ । ओमिक्रोनपछि वैज्ञानिकले कोरोनाको अर्को एउटा भेरियन्ट (भेरियन्ट आइएचयू) बारे पत्ता लगाएको छ । जानकारीका अनुसार भेरियन्ट आइएचयूले ४६ पटक रुप फेरिसकेको छ ।

यो मूल कोभिड भाइरसको तुलनामा खोप प्रतिरोधी र संक्रामक हुनसक्ने अनुमान गरिएको छ । डेली मेलका अनुसार भेरियन्ट आइएचयू फ्रान्समा भेटिएको हो । फ्रान्सको मारसेलमा यो नयाँ भेरियन्टका १२ संक्रमित भेटिएका छन् । उनीहरु अफ्रिकी देश क्यामरुनबाट फर्किएका थिए ।

हाल भेरियन्ट आइएचयू कति घातक र संक्रामक हुनेछ, त्यो भने स्पष्ट छैन किनभने हाल फ्रान्समा ओमिक्रोन भेरियन्टको कहर छ । कोरोना संक्रमितमध्ये ६० प्रतिशत ओमिक्रोनका संक्रमित छन् । यो भेरियन्टलाई मेडिटेरानी इन्फेक्सन फाउन्डेशनले १० डिसेम्बरमा भेटेको थियो । राहतको कुरा के छ भने हाल भेरियन्ट आइएचयू तीब्र रुपमा फैलिएको भने छैन ।

यो भेरियन्ट अन्य देशमा पनि फैलिएको बारे अनुसन्धान गर्न बाँकी नै छ । भेरियन्ट आइएचयूलाई B.1.640.2 पनि भनिएको छ । यो सेप्टेम्बरमा कंगोमा भेटिएको भेरियन्ट B.1.640 भन्दा भिन्न भएको बताइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा