आइतबार, माघ ९ २०७८
ताजा अपडेट

सातौं चरण टुंगिदा मछिन्द्र विन्टर च्याम्पियन


  • KTM Khabar
  • मंगलबार, पुष २० २०७८
1K
SHARES

फाइल तस्विर

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन २०७८ मा सातौं चरणका खेल समाप्त भएका छन् र यससँगै लिगले पाएको छ, विन्टर च्याम्पियन ।

यो उपलब्धीको सबैभन्दा ठूलो पुरस्कार रहेको छ, अब मछिन्द्रले एएफसी कपको छनोट खेल्ने छ । यसका लागि मछिन्द्रले पुलिसलाई हराएको थियो ।यसअघि मनाङ मर्स्याङ्दीले ब्रिगेड ब्वाइजलाई हराएर मछिन्द्रमाथि दबाब सिर्जना गरेको थियो ।

विन्टर च्याम्पियनको निर्णय भए पनि लिगको वास्तविक विजेताका लागि अझै कुर्नु पर्नेछ, तर यसमा मछिन्द्रको बाटो भने सजिलो देखिएको छ ।मछिन्द्रले प्रतियोगिताको ड्र मा सुरुमै कठिन प्रतिद्वन्द्वी पाएको थियो । मछिन्द्रले अहिलेसम्म शीर्ष पाँँचमा रहेका मनाङ, संकटा, आर्मी र हिमालयन शेर्पाविरुद्ध खेलिसकेको छ ।लिगमा अझै तीन टिम अपराजित छन्, मछिन्द्रसँगै संकटा र आर्मी । सातौं चरण टुंगिदा पनि फ्रेन्ड्स भने एक्लो जितविहीन टिम रहेको छ ।

रेलिगेसन क्षेत्रमा फेरि एकपल्ट च्यासल र फ्रेन्ड्स नै रहेका छन् । पाँचौं चरणयता यी टिम अन्तिम दुई स्थानमा छन् र रेलिगेसनबाट बच्न संघर्ष गरिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा