केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन ९पीएसजी० ले फ्रेन्च कपमा सानदार जित निकालेको छ ।
सोमबार राति भएको अन्तिम ३२ को खेलमा पीएसजीले चौथो स्थानको वेन्समाथि ४–० को फराकिलो जित निकाल्यो।खेलको २८ औं मिनेटमा प्रेस्नेल किम्पेम्बेले गोल गर्दै पीएसजीलाई सुरूआती अग्रता दिलाएका थिए।पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप तीन गोल गर्यो।
उसका लागि एम्बाप्पे एक्लैले तीनै गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।
यो सँगै एम्बाप्पेले पीएसजीका लागि १ सय ९६ खेलमा १ सय ५० गोल पुरा गरेका छन्।
यो जितसँगै पछिल्ला ७ फ्रेन्च कपको उपाधि जितेको पिएसजी अन्तिम ३२ मा प्रवेश गरेको छ।
खेलअघि लियोनल मेसीसहित चार खेलाडीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि पिएसजी उनीहरूबिनै मैदानमा उत्रिएको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।