इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। सोमबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा सम्पन्न खेलमा युनाइटेड उल्भ्ससँग १–० ले पराजित भएको हो।
उल्भ्सले खेलको अन्तिम समयमा गोल गर्दै घरेलु टोलीलाई स्तब्ध पारेको थियो। उसका लागि खेलको ८२औं मिनेटमा जोआओ मौटिन्होले निर्णायक गोल गरे।यो सँगै युनाईटेडका अन्तरिम प्रशिक्षक राल्फ रंगनिकको अपराजित यात्रासमेत रोकिएको छ।
हारसँगै १९ खेलबाट ३१ अंक जोडेको युनाइटेड तालिकाको सातौं स्थानमा छ भने उल्भ्स २८ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।