शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

मिलन पाण्डे पक्षको उजुरी निर्वाचन आयोगले गर्‍यो खारेज


  • सोमबार, पुष १९ २०७८
11.9K
SHARES

फाइल तस्बिर

विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ ।

विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको उजुरी आयोगको पुस १२ गते बसेको बैठकले कुनै सुनुवाइ नगरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनले भने, ‘पाण्डेले विधान संशोधन गर्ने सम्‍बन्धमा दिएको निवेदन उपर आयोगले कुनै निर्णय गर्न चाहेन। उहाँको निवेदनमाथि आयोगको पुस १२ को बैठकले कुनै निर्णय गरेन ।’

निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्रको पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएपछि संयोजक मिलन पाण्डे पक्षले असन्तुष्टि जनाउँदै अद्यावधि गर्न उजुरी दिएको थियो ।

पाण्डे पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध निर्वाचन आयोगमै पुनरावेदन दिने र निर्णय नसच्याए अदालतसम्म जाने तयारी गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा