बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

इच्छाराज र उनकी श्रीमतीविरूद्ध मुद्दा दायर गर्ने सम्पत्ति शुद्धीकरण विभागको तयारी


  • सोमबार, पुष १९ २०७८
6.4K
SHARES

फाईल तस्बिर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ विरूद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ।

सिभिल सहकारी ठगी प्रकरण बाहिरिएपछि अनुसन्धान थालेको विभागले श्रीमती सिर्जना शाक्यसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको हो।

तामाङ, शाक्यसहित अन्य करिब एक दर्जन व्यक्तिहरूविरूद्ध मुद्दा लैजाने तयारी भइरहेको विभागका महानिर्देशक प्रेमप्रसाद भट्टराईले बताए।

भट्टराईका अनुसार अहिले तामाङ र शाक्यले व्यक्तिगत आर्जन गरेको सम्पत्तिको मूल्यांकन भइरहेको छ।

‘मूल्यांकन सकेर बिगो कति लैजाने भन्ने टुंग्याउँदैछौं,’ भट्टराईले  भने।

केही समयअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तामाङसहितका व्यक्तिहरूलाई पाँच अर्ब ६३ करोड बिगो कायम गरी ठगी तथा संगठित अपराधमा मुद्दा दायर गरेको थियो।

उक्त मुद्दामा तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। त्यसमा मुद्दा नचलेकी उनकी श्रीमती शाक्य भने फरार छिन्।

विभागका अनुसार विभाग स्रोतका अनुसार तामाङ सञ्चालक रहेका २१ वटा कम्पनीले कारोबार गरिरहेका छन्। तीमध्ये सबभन्दा बढी सिभिल होम्समा तामाङको लगानी बढी रहेको देखिएको छ।

सिभिल होम्स राजधानीमा निकै लोकप्रिय हाउजिङ कम्पनी हो। ललितपुर भैंसेपाटीबाट सुरू भएको सिभिल होम्स सुनाकोठी, धापाखेल, रामकोट हुँदै चरणबद्ध रूपमा १० ठाउँमा फैलिइसकेको छ।

सिभिल होम्समा २०६३ पछि ११ सय वटा घर तथा अपार्टमेन्ट बिक्री भएको देखिएको छ। ती घर बिक्री भएको पैसा हिसाब गर्दा झन्डै ११ अर्ब जति हुन्छ। तर, त्यो बिक्रीको पैसा तामाङले सिभिल सहकारीमा ऋण तिरेका थिएनन्। त्यो सम्पत्ति कहाँ राखे भन्ने अनुसन्धान विभागले गरिरहेको थियो।

यसबाहेक तामाङको बैंक मौज्दात, सवारी तथा जग्गा कारोबारको अनुसन्धान गरिएको विभागले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा