बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

हेडक्वार्टर तानिए सिराहाका एसपी पाण्डे


  • सोमबार, पुष १९ २०७८
8.5K
SHARES

फाइल तस्विर

सिराहाका प्रहरी उपरीक्षक हीराबहादुर पाण्डेलाई प्रहरी प्रधान कार्यालयले हेडक्वार्टरमा तानेको छ। जिल्लामा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन र हड्ताल गरिरहेका बेला प्रहरी प्रमुख पाण्डेलाई केन्द्रमा तानिएको छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार पाण्डेलाई केन्द्रमा तानेर उक्त ठाउँमा एसपी अर्जुन तिम्सिनालाई पठाइएको छ। सरूवा भएपछि पाण्डेले कांग्रेस सिराहा सभापति रामचन्द्र यादवलाई दुर्व्यवहार गरेको स्रोतको दाबी छ।

सभापति यादवले सरूवा गरिदिने चेतावनी दिएको भन्दै एसपी पाण्डे गए राति उनको घरमा गएको यादव पक्षको दाबी छ।

एसपी पाण्डे राति सभापति यादवको घरमा आउनुभएको थियो,’ यादवका सहयोगीले भने, ‘यो घटनाबारे जिल्ला प्रहरी कार्यालयमा अहिले प्रदेश २ का प्रहरी प्रमुखसहित छलफल भइरहेको छ।’

सिराहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले एसपी पाण्डेको सरूवा भएको बताए। उहाँको सरूवा भएको हो। अरू के के भयो भन्नेबारे हामी छानबिन गर्दैछौं,’ उनले भने।

गए राति एसपी पाण्डे कांग्रेस सभापति यादवको घर गए/नगएको विषयबारे भने आफूलाई थाहा नभएको उनले बताए। सरूवा भएपछि पाण्डे कांग्रेस सभापति यादवको घरमा राति पेस्तोलसहित पुगेको यादव पक्षको दाबी छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा