शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्रीलाई भेटेर राप्रपा अध्यक्ष लिङ्देनले भने- पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्‍यो


  • आइतबार, पुष १८ २०७८
9.2K
SHARES

फाइल तस्विर

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।

आज बालुवाटार पुगेर लिङ्देनसहित राप्रपा नेताहरूले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गरेका छन्। राप्रपा नेता मोहन श्रेष्ठका अनुसार पृथ्वी जयन्तीका दिन पुस २७ मा बिदा दिन राप्रपा प्रतिनिधिमण्डलले माग गरेको हो।

साथै पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पनि राप्रपाको माग छ।  राप्रपाले प्रधानमन्त्री देउवालाई पृथ्वी जयन्तीमा बिदा दिन माग गर्दै ज्ञापन पत्र पनि बुझाएको छ।

राप्रपाले राजसंस्था र हिन्दु राज्यको मुद्दा उठाउँदै आएको छ । राजसंस्था संबिधानत हटेर मुलुक गणतन्त्र आइसकेको अवस्था छ  । तर हिन्दु राज्य र राजसंस्थाको मुद्दा लिएर राप्रपा हिँडेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा