बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

प्रधानमन्त्री पत्नी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच दिल्लीमा भेटवार्ता


  • आइतबार, पुष १८ २०७८
8.7K
SHARES

फाइल तस्विर

भारतमा रहेकी नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग ईन्चार्ज विजय चौथाइवालेबीच भेटवार्ता भएको छ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी आरजु र भाजपा विदेश विभाग प्रमुखबीच आज भेटवार्ता भएको हो।

आरजुसँग भेटवार्ता भएकोबारे चौथाइवाले ट्वीटरमार्फत् सार्वजनिक गरेका छन्। उनीहरूबीच के विषयमा कुराकानी भएको हो भन्ने खुलाइएको छैन।

आरजु व्यक्तिगत भ्रमणका लागि केही दिनअगाडि भारत गएकी थिइन्। उनी बिरामी भेट्न भारत गएको बताइएको छ।

जनवरी ११ देखि गुजरातमा हुने कार्यक्रमका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई निम्तो भने आएको थियो। उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा जाने वा नजाने टुंगो लागिसकेको छैन।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी देउवा निजी भ्रमणको सिलसिलामा भारतको नयाँदिल्लीमा छिन् । यसअघि गत साउनमा चौथाइवाले नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी देउवाले उनलाई राखी बाँधिदिएकी थिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा