शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

माओवादी सक्की सक्यो, नपत्याए प्रज्ञा भवनमा गएर हेर्दा हुन्छ : दुर्गा प्रसाई


  • आइतबार, पुष १८ २०७८
10K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले माओवादी नाम गरेको पार्टी अब सक्किएको बताएका छन् । सक्किएको भन्ने कुरा नपत्याए प्रज्ञा भवनमा गएर हेर्नलाई अनुरोध समेत गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा नेता प्रसाईँले यस्तो बताएका हुन्। उनले मुलकको मुख्य प्रशासनिक केन्द्र (सिंहदरबार)ले पनि प्रधानमन्त्रीको रूपमा आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पर्खिएर बसेको बताए।

‘प्रिय पार्टी भनेको नै एमाले हो। अब जनताले एमालेलाई रोज्छन्। किनकि हामीले काम गरेका छौं,’ उनले भेन। उनले आगामी निर्वाचनमा जम्मा एक करोड मत खस्यो भने ७० लाख मत त एमालेलाई मात्रै आउने बताए।

‘यो देशमा माओवादी नै छैनन् नि, कहाँबाट मिल्नु? म माओवादी थिएँ, अहिले एमालेमा गइसकेँ। असली माओवादी त जम्मै गइसके। अहिले कति छन्? प्रज्ञा भवनमा हेर्नुहोस् न, सिनेमा हलमा? आज ७ दिन भयो।

हजार मान्छे होलान् त्यहाँ। हाम्रो महाधिवेशनमा दस लाख मान्छे थिए। तर, हाम्रो ठूला मिडियाले कभरेज गर्न मानेनन्। कन्जुस्याईँ गरे। अब कन्जुस्याईँ नगर्नुहोस, भएको कुरा लेख्नुहोस्,’ उनले भने।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा