बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

भारतले अंग्रेज खेदेझैँ हामी बाहुन-क्षेत्रीलाई खेद्न सक्छौँ : मंगोल नेशनल अर्गनाइजेशन


  • आइतबार, पुष १८ २०७८
9.3K
SHARES

फाइल तस्विर

मंगोल नेशनल अर्गनाइजेशन ले बाहुन-क्षेत्रीलाई शरणार्थीको संज्ञा दिँदै कुनै दिन नेपालबाट खेद्न सक्ने उग्र अभिव्यक्ति दिएको छ ।

गोरखा, लम्जुङ, तनहूँ र कास्कीको संयुक्त ३३औ स्थापना दिवस समारोहमा बोल्दै केन्द्रीय सभाका प्रवक्ता दिलिप धिमालले जनै र धोती मात्र लिएर शरणार्थीको रुपमा नेपाल छिरेका बाहुन क्षेत्रीलाई कुनै दिन यो देश छोड् भन्न सक्ने चेतावनी दिएका हुन् ।

हिँजो व्यवसाय गर्ने नाममा छिरेर भारत कब्जा गर्ने अंग्रेजहरुलाई भारतीय जनताले खेदेका थिए त्यस्तै गरी भारतबाट जनै र धोती मात्र लिएर नेपाल प्रवेश गरेका बाहुन र क्षेत्रीलाई नेपाल छोड् भन्ने अधिकार हामीसित सुरक्षित छ’, धिमालले भने, ‘हाम्रो अधिकार र हाम्रो अस्तित्व मेटाउँदै गयो भने एक दिन हामी त्यो नारा लगाउँछौँ किनभने यो देश भनेको यहाँका मूलबासी मंगोलहरुको हो ।’

गोरखाको लिगलिगकोटमा घले राजालाई विस्थापितगरी शाहवंश स्थापना भएको इतिहास कोट्याउँदै नेता धिमालले यहीँ जिल्लाबाट बाहुन क्षेत्रीलाई दबाएर मंगोलको जितको अभियान सुरु गर्ने चेतावनी दिए । ‘गोरखा जिल्ला भनेको हाम्रो पुर्खाहरुलाई षड्यन्त्रपूर्वक दमन गरेर हत्या गरेको ऐतिहासिक जिल्ला हो ।

यो जिल्लाबाट नै मूलबासी मंगोलहरुको दुर्दिन सुरु भएको जगजाहेरै छ’, उनले भने, ‘यहीँ गोरखा जिल्लामा घले राजाको टाउको ठुन्काएको इतिहास छ । मूलबासी मंगोललाई दबाएकै भरमा पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माता भनेको छ तर हामी उसलाई अराष्ट्रिय तत्व मान्छौ ।

यो देश सबैको साझा फूलबारी हो भन्ने तर बाहुन क्षेत्री मात्र फूलिरहेका छन् । मूलबासी मंगोल कोही किन फूल्न सकेका छैनन् रु किनभने उनीहरुले हामी मूलबासी मंगोललाई बझाएर, जुधाएर सिध्याउन लागेका छन् ।

हामीलाई आदिवासी, जनजाती भनेर उनीहरु मूलबासी बन्न खोजिरहेका छन् । यस्ता बाहुन क्षेत्रीलाई हामी पूजा गरिरहन सक्दैनौँ । गाली नै गरिरहनेछौँ ।’

एमएनओ सत्तामा पुगेपछि जनजाति, आदिवासी खारेज गर्ने उनले बताए । बाहुन क्षेत्रीले मंगोललाई कुकुरभन्दा पनि तल राखेर अपमान गरेको भन्दै उनले यसका विरुद्ध लड्न उनले आग्रह गरे । मंगोल नेशनल अर्गनाइजेशनले चाहेमा लोकतन्त्र खारेज हुने अर्का नेता सोमबहादुर गुरुङले बताए ।

‘लोकतन्त्र बाहुन क्षेत्री नेताहरु विपी, जिपी, सिपी, केपी, पिकेले ल्याएको शासन व्यवस्था हुँदै होइन’, केन्द्रीय सभाका अर्थ विभाग प्रमुख गुरुङले भने, ‘ज्यानको बाजी लगाएर लडेर लोकतन्त्र ल्याउने मंगोलहरु नै हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा