घुस लिएको आरोपमा सर्लाहीको इश्वरपुर नगरपालिका-११ का वडाध्यक्षसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष रामदुलार साह, वडा सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायविरुद्ध मुद्दा दायर गरेको हो ।
अनुसन्धानको क्रममा वडा नम्बर ११ स्थित भलुवाइ सडक निर्माण सम्पन्न भएको सिफारिस गरिदिएबापत उपभोक्ता समितिसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीहरुविरुद्ध मुद्दा दायर गरिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
वडाध्यक्ष साहको निर्देशनमा वडा सदस्यद्वय रौनियार र रायले आफ्नो पदीय मर्यादाको ख्याल नगरी घुस लिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।