शनिबार, साउन ९ २०८३
ताजा अपडेट

हाम्रो उद्देश्य चुनाव होइन, जनता हुन् : माधव नेपाल


  • शुक्रबार, पुष १६ २०७८
7.9K
SHARES

फाइल तस्विर

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको उदेश्य चुनाव जित्ने मात्रै नभएको बताएका छन् ।  शुक्रबार नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जागरण परिषद नेपालबीच पार्टी एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफ्नो पार्टीको उद्देश्य चुनाव नभएको बताएका हुन् ।

उनले केही पार्टीहरुले चुनाव जित्ने मात्र लक्ष्य लिएको भन्दै आफुहरुको उद्देश्य जनताका समस्या समाधान गर्ने भएको बताए । उनले परिणाममुखी काम देख्न चाहेको भन्दै त्यसका लागि इमानदारिता र निष्‍ठाको उदाहरण प्रस्तुत गर्न गइरहेको बताए । ‘नेपाली जनताको सम्बृद्धि, जनताको प्रतिष्ठा माथि उठाउन जुट्नेछौ’, अध्यक्ष नेपालको भनाइ छ ।

‘केही राजनीतिक दलहरु चुनाव चुनाव भनिरहेका छन्, हामी भन्दैनौ चुनाव । हाम्रो उद्देश्य र लक्ष्य चुनाव होइन, हाम्रो उद्देश्य जनता हुन्, जनताका पीरमर्का, युवा, पुरानो पुस्ता, किसान सबै समुदायले भोगिरहेका समस्यालाई हामीले हाम्रो समस्याका रुपमा लिएका छौ’, अध्यक्ष नेपालको दावी छ ।

उनले जनताका समस्या समाधान गर्ने सन्दर्भमा आफ्नो पार्टी अग्रपंक्तिमा उभिने र त्यसका लागि सन्तुलित नीति लिएर अघि बढ्ने प्रयासमा रहेको बताए । उनले गलत कुराको विरोध गर्ने जिम्मेवार दलको कर्तव्य हुने भएकाले आफ्नो पार्टीले कुनैपनि गलत कामको समर्थन नगर्ने बताए ।

कार्यक्रममा नेपाल नेतृत्वको एकीकृत समाजवादी र साध्यबहादुर भण्डारी नेतृत्वको परिषदबीच एकता घोषणा गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा