खराब मौसमका कारण बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौं र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
दोहा र दुवईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडानतर्फ पोखरा, भद्रपुर र विराटनगरका लागि उडान सुरु भएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो । विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बंगलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो ।
खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाडौंदेखि सिमराको आकाशमाथि कैयौं पटक चक्कर काटेका थिए । आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बंगलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको थियो ।
कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छन् भने फ्लाई दुवईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।