शनिबार, साउन ३० २०८३
ताजा अपडेट

पर्यटन बोर्डका सिईओ रेग्मीप्रति मन्त्री आलेको आक्रोश- यस्तो साँढेलाई राखेर बोर्ड चल्छ ?


  • शुक्रबार, पुष १६ २०७८
9.3K
SHARES

फाइल तस्विर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पर्यटन बोर्डमा धनञ्जय रेग्मी सिइओ रहेसम्म बोर्डको प्रगति नहुने बताएका छन् ।

पर्यटन बोर्डको स्थापना दिवसका अवसरमा शुक्रबार बोर्डमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सिइओ रेग्मीको आलोचना गर्दै मन्त्री आलेले भने– धेरै रिसाउनुभो जाम् रक्सी खान भन्ने साँढेलाई राखेर बोर्ड चल्छ ?

आफूलाई एकपटक जबर्जस्ती लण्डन लगेको प्रसंग कोट्याउँदै उनले त्यहाँ आफू अपमानित भएको सुनाए ।

‘म लन्डन जाँदै जान्न भन्दा जबर्जस्ती लगेर गयो, बोल्ने कार्यक्रम छैन भन्यो साँढेले,’ लन्डन गएँ दूतावासमा राखिदियो, न गाडी छ, खाना आफैं खोजेर खानुपर्ने,’ मन्त्री आलेले भने, ‘म यो देशको मन्त्री, जनताले छानेर आएको मन्त्री, लन्डनमा बोल्न पाइनँ, मलाई दुःख लाग्यो । यस्तो साँढेलाई सिइओ बनाए भने बोर्ड चल्छ ?’

उनले आफूलाई खरिद गर्छु भनेर नसोच्न चेतावनी दिए । ‘चार ओटाको टोयोटा गाडी बेचेर प्रेम आलेलाई खरिद गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘इमान बेचेर म यो चेयरमा बस्ने वाला छैन ।’

मन्त्रालयमा विकृति धेरै भएको भन्दै सम्हाल्नै गाह्रो भएको पनि उनले सुनाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा