शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

बिपीको मेलमिलाप नीतिकै जगमा वर्तमान परिवर्तन सम्भव भयो : प्रधानमन्त्री देउवा


  • शुक्रबार, पुष १६ २०७८
8K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता तथा मेलमिलाप नीतिकै जगमा ​लोकतन्त्र बहाली हुँदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।

४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री समेत रहेका देउवाले बिपी कोइरालाको उक्त नीतिको जगमा वर्तमान परिवर्तन सम्भव भएको बताएका हुन् ।

काँग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह लगायतका नेताहरुको त्याग, संघर्ष र योगदानप्रति उनले उच्च सम्मान प्रकट गरेका छन् ।

२०३३ पुस १६ गते आजकै दिन वीपी कोइराला, गणेशमान सिंह लगायतका हाम्रा श्रेय नेताहरुले  ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो ।

उहाँहरुको  राष्ट्रिय एकता तथा मेलमिलापको नीतिकै जगमा ​लोकतन्त्र बहाली हुदै अहिलेको राजनीतिक परिवर्तन सम्भव भएको हो।  आजको दिन हाम्रा नेताहरुको त्याग, संघर्ष र योगदानको उच्च सम्मान प्रकट गर्दछु,’ उनले लेखेका छन्  ।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् ।

यस अवसरमा बिपी सङ्ग्रहालयमा बिपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गर्न लागिएको जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा