काठमाडौं उपत्यकामा बाक्लो हुस्सु र कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु बन्द भएका छन् । जहाजहरू अवतरण पनि हुनसकेका छैनन् ।
भिजिबिलिटी अत्यन्त कम भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहानैदेखि उडान अवतरण रोकिएको विमानस्थल कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि ठप्प रहेको बताए । धनगढी विमानस्थल भने खुलेको छ तर काठमाडौंको एयरपोर्ट नखुलेकाले उडान हुन सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि जजिरा एयरलाइन्सका दुई जहाजले काठमाडौं उपत्यकाको आकाशमा फन्को लगाइरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकासहित तराईका भूभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।