शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पुस २७ गते नयाँ अभियान घोषणा गर्दै कमल थापा


  • बिहिबार, पुष १५ २०७८
10.4K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले राजतन्त्रको एजेन्डा छोड्ने संकेत गरेका छन्। आगामी पुस २७ गतेबाट ‘नयाँ अभियान’ सुरू गर्दै उनले राजतन्त्रको एजेन्डा छाड्ने तयारी गरेका छन्।

थापाले त्यो अभियान हिन्दु राष्ट्रको पक्षमा हुने बताएका छन्। उनले हिन्दु राष्ट्रको एजेन्डा लिएर पुस २७ गतेबाट देशव्यापी अभियान सुरू गर्ने तयारी गरिरहेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहसँग असन्तुष्टि राख्दै आएका छन्। उनले पार्टीको चुनावमा ज्ञानेन्द्र र निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न लिङ्देनलाई लिखित रूपमै पत्र दिएका छन्।

उनले मंसिर २७ मै पठाएको उक्त चिठीबारे लिङ्देनले अहिलेसम्म कुनै निर्णय दिएका छैनन्। लिङ्देन थापाको चिठीमाथि कारबाही गर्ने पक्षमा छैनन्।

थापा लिङ्देनले के गर्लान् भनी पर्खेर बसिरहेका छन्। लिङ्देनको कदम आफ्नो पक्षमा नचल्ने चाल पाइसकेका थापा हिन्दु राष्ट्रको अभियानको तयारीमा लागेका हुन्।

थापा अहिले पोखरामा छन्। पोखरामा भइरहेको लनलटेनिस प्रतियोगितामा सहभागी बन्न उनी गएका हुन्। उनी शनिबार काठमाडौं फर्किँदैछन्। काठमाडौं फर्किएपछि आफ्नो अभियानबारे बताउने उनले जानकारी दिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा