आइतबार, माघ ९ २०७८
ताजा अपडेट

प्याब्सन काठमाडौँको सह–सचिवमा कोइरालाको उम्मेदवारी, परिणाममुखी प्याब्सन बनाउन दिए दरिलो नारा 


  • KTM Khabar
  • बिहिबार, पुष १५ २०७८
798
SHARES

१५ पुस, काठमाण्डाै ।

निजी विद्यालयहरूको छाता संगठन प्याब्सन अर्थात निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँको जिल्ला सह–सचिव पदमा रिभेरा इन्टरनेशनल एकेडेमी, चाबहिलका प्रिन्सिपल प्रज्वल कोइरालाले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

२ दशकभन्दा लामो समय शिक्षा क्षेत्रमा क्रियाशील रहेका कोइराला प्याब्सनिष्टहरुको बिचमा मात्रै होइन, समग्र शिक्षा क्षेत्रमा परिचित नामको रूपमा रहेका छन् । २१औँ शताब्दीमा नागरिक शिक्षाको बहसलाई देशव्यापी रूपमा उठाएर नैतिक र प्रविधियुक्त शिक्षा नै आजको आवश्यकता हो भन्दै उहाँले विशेष अभियान नै सञ्चालन गरिरहनु भएको छ ।

पुस १६ गते हुने प्याब्सन काठमाडौँको सह–सचिवको उम्मेदवार बनिरहँदा कोइरालाले ‘संस्थागत विद्यालयहरूको गुणस्तरीय प्रवर्द्धन, व्यवस्थित तथा परिणाममुखी प्याब्सनको निर्माण’ भन्ने नारा अघि सार्नु भएको छ । २०५० सालदेखि शिक्षण पेसा सुरु गर्नुभएका कोइराला विगत १४ वर्षदेखि फाउन्डर प्रिन्सिपलको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले अङ्ग्रेजीमा एमफिलसम्मको अध्ययन गर्नुभएको छ ।

कोइरालाले नेतृत्व गरेको विद्यालय रिभेरा इन्टरनेशनल एकेडेमी चाबहिल क्षेत्रकै स्थापित शैक्षिक संस्था हो । बोलीले मात्रै होइन कामले नै उहाँले आफ्नो विद्यालयमा संस्कार सहितको नैतिक र प्राविधिक शिक्षाको प्रयोग गरेर देखाइसक्नु भएको छ ।

विभिन्न अनुसन्धानात्मक लेखहरू प्रकाशित गरिसक्नुभएका कोइरालाले Rethinking Civic Education in Nepal शिर्षकमा अनुसन्धान गरी पाठ्यक्रम विकास केन्द्र भक्तपुरको लाइब्रेरीलाई उपलब्ध गराइसक्नु भएको छ भने राष्ट्रिय मिडियाहरूमा शिक्षा क्षेत्रको विकासका लागी उहाँले दर्जनौँ पटक बहस गर्नुभएको छ।

प्याब्सन अन्तर्गतको क्लस्टर माफको उपाध्यक्ष समेत रहनुभएका कोइराला सभ्य तथा परिणाममुखी प्याब्सन निर्माणका लागि प्याब्सनलाई प्राज्ञिक बहसको प्लेटफर्मको रूपमा विकास गर्ने तथा निजी विद्यालय मैत्री नीति निर्माणमा प्याब्सनको भूमिका सुनिश्चित गर्न भूमिका खेल्ने, विद्यार्थी, शिक्षक तथा अभिभावकको हितलाई केन्द्रमा राखेर सृजनात्मक क्रियाकलापका साथ प्याब्सनलाई क्रियाशील बनाउने उद्देश्य राखेको कोइराला बताउनु हुन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा