बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

धुलिखेल नगरपालिकाका विद्यालयमा एक हप्ता विदा


  • बिहिबार, पुष १५ २०७८
7.7K
SHARES

फाइल तस्विर

जाडो बढेपछि काभ्रेको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालयमा बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले सूचना जारी गर्दै, चिसोले बालबालिकाको स्वास्थ्यमा समस्या हुने भन्दै यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जानकारी दिएको छ ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख माधवप्रसाद शर्माले भने ‘कोभिडका कारण ढिला विद्यालय सन्चालन भएकाले जाडो विदा नदिने निर्णय गरेका थियौं । तर हिजोदेखि अत्यधिक चिसो बढेपछि एक हप्ता विदा निर्णय गरेका छौं ।’

कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि विद्यालय खुलेपछि परीक्षालाई निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउन नगरपालिकाले सबै विद्यालयलाई अनुरोध गरेको शिक्षा शाखा प्रमुख शर्माले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा