बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान


  • बिहिबार, पुष १५ २०७८
4.8K
SHARES

फाईल तस्बिर

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्।

ठगी तथा संगठित अपराध मुद्दा लागेका तामाङलाई बुधबार जिल्ला अदालत काठमाडौंले जेल चलानको आदेश दिएको हो।

उनीसँगै पक्राउ परेका सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएको जिल्ला अदालतका स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले बताए।

केन्द्रीय अनुसन्धान ब्युरोले सिभिल सहकारी ठगी प्रकरणमा तामाङ, श्रेष्ठसहित १२ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो।

न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई कारागार चलान गर्न आदेश दिएको छ। अन्य ९ जना धरौटी र एक जना साधारण तारेखमा रिहा भएको इटेनीले बताए।

सिभिल सहकारी ठगी प्रकरणमा तामाङसहित १२ जनाविरूद्ध १५०३ जना निक्षेपकर्ताले जाहेरी दिएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा