काठमाडौंको कोटेश्वरस्थित नरेफाँटमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । मंगलबार राति काठमाडौं–३२ नरेफाँटमा अमर लिम्बुको कोठामा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले बताए ।
पक्राउ पर्नेमा रौतहट घर भएका निलबहादुर रानामगर, ललितपुर घर भएका रामबहादुर घलान, मोरङका विकास गजमेर, रामेछापका सुब्बा रोका र विश्वराज थापा तथा तेह्रथुम घर भएका अम्मर लिम्बु छन् ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर सुरेशराज भट्ट नेतृत्वको टोलीले जुवा खालबाट १ लाख ४३ हजार नगद र १२ बुक तास बरामद गरेको छ । आरोपीहरुमाथि जुवा ऐनअनुसार अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।