बिहिबार, कार्तिक ६ २०८३
ताजा अपडेट

भवन निर्माण गर्दा मापदण्ड अवलम्वन गर्नुस् : गृहमन्त्री


  • बुधबार, पुष १४ २०७८
7.1K
SHARES

फाइल तस्विर

गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण क्षेत्रमा भवन निर्माण तीव्र हुन थालेको भन्दै भूकम्प प्रतिरोधी मापदण्डअनुरुप बनाउन आग्रह गरेका छन् । ग्रामिण क्षेत्रमा भइरहेको तीव्र विकाससँगै सबै भौतिक संरचना मापदण्डअनुसार बन्न नसकेको भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए ।

बुधबार २४औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ग्रामिण भेगमा जनसंख्या वृद्धि भएसँगै तीव्र गतिमा भौतिक निर्माण हुन थालेको र यसले गर्दा भूकम्पबाट बच्ने सुरक्षा चुनौती पनि थपिएको उनको भनाइ छ ।

उनले भने ‘ग्रामिण क्षेत्रमा ठूला निजी तथा सरकारी भवन निर्माण गर्ने क्रममा सरकारी मापदण्ड अवलम्वन गरिरहनुभएको छैन भने भवन निर्माणको मापदण्ड अवलम्वन गर्नु उचित हुन्छ जस्तो लाग्छ । त्यसका लागि सम्बन्धित निकायहरूले नेतृत्व गर्नुपर्ने र पहल गर्नुपर्ने देखिन्छ ।’

गृहमन्त्री खाँणले यसवर्षको २४औं भूकम्प सुरक्षा दिवसलाई औपचारिक कार्यक्रमभन्दा पनि सन्देशमूलक कार्यक्रमको रुपमा मनाउन निर्देशन दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा