शिक्षक सेवा आयोगले प्राथमिक तहका लागि १३ हजारभन्दा बढी शिक्षक माग गर्दै विज्ञापन खुलाएको छ।
आज आयोगले १३ हजार ९३ जना शिक्षक माग गर्दै विज्ञापन खुला गरेको हो। आयोगले जिल्ला र प्रदेशअनुसार आवश्यक शिक्षकको संख्या नै उल्लेख गरेर आवेदन माग गरेको छ।
माघ १३ गतेसम्म आवेदन फारम भर्न सकिन्छ भने चैत १९ गतेदेखि लिखित परीक्षा हुनेछ। आयोगले प्रावि तृतीय श्रेणीका लागि शिक्षक माग गरेको हो।
खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले शिक्षक आवेदन गरिएको आयोगले जनाएको छ। आयोगकै अनलाइनबाट आवेदन फारम भर्न सकिन्छ।
१८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन फारम भर्न पाउँछन्। यसअघि आयोगले निमावि शिक्षक पनि माग गर्दै आवेदन खुला गरेको थियो।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।