मौसममा आएको बदलावका कारण आन्तरिक उडान प्रभावित भएको छ । सोलुखुम्बुको लुक्ला, नेपालगञ्ज र कास्कीको पोखरामा उडान हुन सकेको छैन ।
भिजिबिलिटी कम भएका कारण आन्तरिक तर्फका ३ वटा विमानस्थलमा उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक भोला प्रसाद गुरागाईँले रातोपाटीलाई बताए ।
अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फका अरू उडानमा समस्या नभएको गुरागाईंले बताए । लुक्लामा ५ सय मिटर मात्रै भिजिबिलिटी छ । पोखरामा ३ हजार मिटर भिजिबिलिटी छ ।
बिहानै देखि परेको वर्षाका कारण उडान हुन नसक्दा आन्तरिक उडान प्रभावित भएका हुन । गन्तव्यमा पुग्नको लागि बिहानै विमानस्थल पुगेका यात्रु हरू विमानस्थलमै उडानको पर्खाइमा छन् । मौसम सफा हुनासाथ विमान सुचारु हुने जनाइएको छ ।
वर्षा सँगै काठमाण्डौमा चिसो समेत बढेको छ । वरिपरिका डाडा हरुमा हिमपात समेत भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।