शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने सीके राउतको धम्की


  • मंगलबार, पुष १३ २०७८
12.6K
SHARES

फाइल तस्विर

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना कार्यकर्तालाई रिहा नगरेमा सिरहाका प्रहरी उपरीक्षकलाई जनकारवाही गर्ने धम्की दिएका छन् ।​ सीके राउतका कार्यकर्ताले सिरहामा आमहड्तालको क्रममा आगजनी गरेपछि प्रहरीले त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न केहीलाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएका आफ्ना कार्यकर्ता लाई २४ घण्टाभित्र रिहा नगरे सिरहा बजारको बीच चोकमा प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई जनकारवाही गर्ने सीके राउतको चेतावनी छ ।

सिरहाको औरही गाउँपालिकाको कार्यालयले राखिएको गहुँको बिउ वितरण गर्न ढिलो गरेपछि किसानहरुले लुटेर लगेका थिए । सोही घटनामा प्रहरीले किसानमाथि मुद्दा चलाएपछि जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।

सिरहा प्रहरीको हिरासतमा रहेका सीके राउतका कार्यकर्ताहरुले दर्जनौँ गाडीमा ताडफोड गर्नुका साथै ट्रकमा आगजनीसमेत गरेका थिए ।
सीके राउत नेतृत्वको पार्टीले गरेको आमहड्ताल र उच्छृङ्खल गतिविधि नियन्त्रण गर्ने क्रममा स्थानीय प्रशासनले बुधबारसम्मका लागि सिरहामा निषेधाज्ञा जारी गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा