शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विप्लवलाई माधव नेपालकाे आग्रह- विचार र चिन्तन परिवर्तन गर्नुहोस्


  • मंगलबार, पुष १३ २०७८
7.6K
SHARES

फाईल-तस्बिर

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द विप्लव समूहलाई विचार र चिन्तन परिवर्तन गर्न सुझाव दिएको बताएका छन् ।

राष्ट्रियसभा गृहमा मंगलबार आयोजित नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूले विप्लव समूहका नेतालाई विचार र चिन्तनमा परिवर्तन गर्न र यसबाट मात्र क्रान्ति सम्भव रहेको सुझाव दिएको जानकारी दिए ।

मैले केही दिनअघि विप्लवका केही नेतालाई भने–तपाईंहरुको विचार र चिन्तन परिवर्तन गर्नुहोस्,’ कार्यक्रममा अध्यक्ष नेपालले भने, अनि मात्र क्रान्ति सम्भव छ ।

साथै उनले देशमा सरकार सञ्चालनको कार्यशैली परिवर्तनको खाँचो रहेको बताए । विकासका लागि विनियोजन रकम के कसरी खर्च भइरहेको छ भनेर सरकार र राजनीतिक दलहरूले पनि चासो राख्नुपर्ने भन्दै उनले उद्यमशीलतामा समय र आर्थिक खर्च गर्नुपर्नेमा जोड दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा