शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा


  • मंगलबार, पुष १३ २०७८
8.7K
SHARES

फाइल तस्विर

दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपको आगामी संस्करण नेपालमा आयोजना हुने भएको छ ।

सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ को लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।

जसमा नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले दक्षिण एसियाली बिच भलिबल र श्रीलंकाले दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी पाएको नेपाल भलिबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तर संघले प्रतियोगिता आयोजना गर्ने मिति भने सार्वजनिक गरेको छैन । बैठकले एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको अर्को संस्करण माल्दिभ्समा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा