शनिबार, साउन ९ २०८३
ताजा अपडेट

२८ वर्षपछि फरार प्रतिवादी पक्राउ !


  • मंगलबार, पुष १३ २०७८
6.4K
SHARES

फाईल तस्बिर

जिल्ला प्रहरी कार्यालय रामेछापले २८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा साविक गौश्वारा गाविस–७ र हाल दोरम्बा शैलुङ गाउँपालिका–४ का ५८ वर्षीय होमबहादुर थापामगर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज ढुंगानाले बताए ।

निज प्रतिवादीसमेत चारजनाले २०४९ कात्तिक ५ गते छिमेकी गजुरे मगरलाई पुरानो विवादका कारण चक्कुले मुटु छेड्ने गरी प्रहार गरी हत्या गरेर फरार रहेका थिए । होमबहादुरबाहेक अन्य तीन अभियुक्तमध्ये चन्द्रबहादुर मगर र गंगाबहादुर मगरले कैद सजाय भुक्तान गरिसकेका छन् भने टकबहादुर मगरको मृत्यु भइसकेको छ ।

ढुंगानाका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत रामेछापको वि.सं. २०५० फागुन १६ गतेको फैसलाअनुसार २० वर्ष कैद सजाय तोकिएका थापामगर हालसम्म फरार रहेका थिए । प्रहरीले विशेष सूचनाका आधारमा मगरलाई आफ्नै घरभित्र डोकोमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

निजकी श्रीमतीले घरमै भएका श्रीमान् होमबहादुरका बारेमा विभिन्न झुक्यानमा पारी भगाउन खोज्दै गर्दा प्रहरीले खोजतलासको क्रममा घरको मााथिल्लो तलामा डोकोभित्र लुकेर बसेको अवस्थामा फेला पारेको हो । निज अभियुक्तलाई आज जिल्ला अदालत पेस गरिने प्रहरीले जानकारी दिएको छ । रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा