शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

सेयर बजारप्रति फेरी खनिए प्रचण्ड : अरुको हडपेर अकुत सम्पत्ति आर्जन गर्ने क्षेत्र


  • मंगलबार, पुष १३ २०७८
12K
SHARES

फाइल तस्विर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एकपल्ट सेयर बजार र रियल इस्टेट क्षेत्रप्रति गम्भीर आलोचना गरेका छन् ।

आठौं महाधिवेशनमा पेस गरेको उनको राजनीतिक दस्तावेजमा सेयर बजार र रियल इस्टेटप्रति आक्रामक देखिएका हुन् ।

उनले आफ्नो प्रतिवेदनमा भनेका छन्, “दोस्रो विश्वयुद्धपछि अमेरिका र बेलायतले पहिले सुरु गरेको वित्त क्षेत्रमा पुँजी लगानी गर्ने यो प्रक्रिया आज विश्वका सबै धनी देशहरुको आम चरित्र बनेको छ ।

उत्पादनमुलक क्षेत्रबाट वित्त क्षेत्रमा पुँजी पलायन हुनाले समाजमा बेरोजगारीका साथै विभिन्न प्रकारका संकट उत्पन्न भएका छन् । वित्त क्षेत्रमा पुँजी पलायन हुनुको मुख्य कारण पुँजीपतिहरुको छोटो समयमा धेरैभन्दा धेरै नाफा कमाउने अतृप्त भोक नै हो ।

उत्पादनका क्षेत्रमा लगानी गर्दा समय धेरै मेहनत पनि धेरै गर्नुपर्ने, मजदुर आन्दोलनको सामना गर्नुपर्ने नाफा पनि कम आउने कारणले नै पुँजीपतिहरुले अरुको सम्पत्ति हडपेर छोटो स मयमा अकूत सम्पत्ति आर्जन गर्न नै पुँजीलाई सेयर बजार, मुद्रा बजार, धितोपत्र खरिद बिक्री तथा घरजग्गा किनबेचमा लगानी गर्न थालेका छन् ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा