शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गए : लिङ्देन


  • मंगलबार, पुष १३ २०७८
8.2K
SHARES

फाइल तस्विर

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजालाई गाली गरेर राजनीति गर्ने दिन गइसकेको बताएका छन् । सोमबार पूर्वी नवलपरासीमा आयोजित आमसभालाई सम्बोधन गर्दै तीन ठूला दलले पूर्वराजालाई गाली गरेर राजनीति गरेको टिप्पणी गरे।

उनलेकांग्रेस, एमाले र माओवादीले पूर्वराजालाई गाली गरेर संगठन बलियो हुन्छ भन्ने भ्रम पालेको उल्लेख गरे। उनले ठूला दलले भ्रष्टाचारलाई संस्थागत गरेको भन्दै उनीहरुकै कारण जनतामा राजनीतिप्रति निराशा पैदा भएको जिकिर गरे।

गणतन्ध र धर्मनिरपेक्षाताका नाममा राजा फालेर हिन्दु धर्म हटाएर देशलाई सिक्कीमीकरण गरेको आरोप लगाए। उनले पार्टीका पूर्व अध्यक्ष कमल थापाप्रति संकेत गर्दै पूर्वराजाको विरोध गरेर चर्चामा आउनेहरुबाट पार्टीलाई जोगाउनुपर्नेसमेत बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा