ललिता निवास जग्गा अनियमितता प्रकरणमा छानविन अघि बढेलगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनामा मुख्य योजनाकार रामकुमार सुवेदीलाई पक्राउ गरेलगत्तै बस्न्यात सम्पर्कविहीन भएका हुन् । उनी स्वास्थ्य उपचारको बाहनामा भारततर्फ लागेको पारिवारिक स्रोतलाई उधृत गर्दै सीआईबी स्रोतले बताएको छ ।
‘जिल्ला अदालत काठमाडौंले उहाँ विरुद्ध पक्राउ अनुमतिपत्र जारी गरिसकेको छ’ ब्यूरो स्रोतले भन्यो, ‘हामीले उहाँलाई बोलाएर बयान लिने तयारी गरिरहेका थियौं, एकाएक सम्पर्कविहीन हुनुभयो ।’ स्रोतका अनुसार सुवेदी दम्पत्ति पक्राउ परेलगत्तै बस्यातले काठमाडौं छाडेका हुन् ।
ब्यूरोका निर्देशक डीआईजी धिरजप्रताप सिंहले केही व्यक्तिको हकमा अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान चलिरहेको बताए । तर बस्न्यातकै बारेमा भने सम्बन्धित अनुसन्धान अधिकृतलाई थाहा हुने उनले प्रतिक्रिया दिए ।
बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने मोही व्यवस्थापनसम्बन्धी प्रस्ताव आफैंले मन्त्रिपरिषदमा लगेको आरोप छ । बस्न्यातले तयार पारेको मन्त्रिपरिषदमा लैजाने प्रस्ताव सदर गरेपछि ललिता निवास प्रकरणमा तत्कालिन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारमाथि समेत भ्रष्टाचार मुद्दा लागेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।