शनिबार, साउन ९ २०८३
ताजा अपडेट

सतप्रतिशत नतिजासहित नेपाल फाइनलमा


  • सोमबार, पुष १२ २०७८
8.9K
SHARES

फाइल तस्विर

नेपाली महिला भलिबल टोलीले कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको लिग विजेता बन्दै फाइनलमा स्थान बनाएको छ ।

बंगलादेशको ढाकास्थित शाहीदसोह्रावर्दी नेसनल इन्डोर स्टेडियममानेपालले समूह चरणमा सतप्रतिशत नतिजा निकाल्ने क्रममा सोमबार कीर्तिस्तानलाई २५–८ २५–१५, २५–१७ को सेटमा हराएको हो ।

यससँगै नेपालले अब प्रतियोगिताको उपाधिका लागि मंगलबार उज्वेकिस्तानविरुद्ध खेल्नेछ । उज्वेकिस्तानले आजै सम्पन्न खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

“हामीले सोझो सेटमा विजय हासिल गरे पनि कीर्गिस्थान राम्रो टोली हो । आज हामीले फाइनल खेललाई मध्यनजर गर्दै सबै खेलाडीलाई मौका दिएका थियौं ।

सबै खेलाडीले राम्रो प्रदर्शन गरे,” जितपछि बाह्रखरीसँग कुरागर्दै प्रशिक्षक जगदिश भट्टले् भने, “हामीले समूह चरणमा सबै टोलीलाई हराउन सफल भयौं । अब फाइनलमा पनि यस्तै नतिजा निकाल्दै उपाधि उचाल्ने विश्वासमा छौं ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा